Section 12
पुनरावेदन गर्ने म्याद
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम अदालतमा पुनरावेदन -गर्दा त्यस्तो निर्णय वा अन्तिम आदेशको सूचना वा जानकारी पाएको मितिले पैंतीस दिनभित्र पुनरावेदन गर्नु पर्नेछ ।
तर सम्बन्धित पक्षले काब्‌बाहिरको परिस्थितिले गर्दा म्याद गुज्रिएको कारण देखाई निवेदन दिएमा र सो व्यहोरा जाँचबुझ गर्दा मनासिब देखिएमा _ अदालतले तीस दिनसम्मको म्याद थामिदिन सक्नेछ ।